७ वैशाख २०८१ शुक्रबार
अर्थ

उखु बोकेका साधनले सवारी आगमनमा समस्या

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लखन्देही पुलमा बिग्रेर थन्केकोउखु बोकेको ट्याक्टर।    तस्बिरः टंक/नागरिक

सर्लाही – उखु बोकेका सवारी साधनको चापका कारण राजमार्गमा दुर्घटना बढ्ने, राजमार्ग जामहुने लगायत समस्याबढेको छ।उखु बोकेका ट्याक्टरको ट्रेलर, टायरगाढामा पछाडि टल्कने वस्तु वाब्याकलाइट नहुने भएका कारण राती पछाडिबाट आउने अन्य सवारी साधन ठोकिने गर्दा दुर्घटनाको समस्या बढेको छ।

पछाडिबाट आउने सवारी साधनकाचालकले ठम्याउन नसक्दा ट्याक्टरको ट्रेलर तथा टायरगाढालाई ठक्कर दिने जस्ता दुर्घटना बढेको हो। माघ लागेसँगै जिल्लास्थितचिनीउद्योग चल्नथालेपछि पूर्व–पश्चिम राजमार्गसहित क्षेत्रीय सडकमा उखु बोक्ने सवारी साधनको चापबाक्लै भएको छ। जताततै उखु बोकेर चिनीउद्योगतर्फ गइरहेका ट्रक, ट्याक्टर र टायरगाढाको लावालस्कर नै हुन्छ। राजमार्गमाजताततै उखु बोकेका सवारी साधन पल्टिरहेका देखिन्छन्।

पुस महिनामामात्रै आठवटा सवारी दुर्घटना भएको सर्लाहीमा माघ महिनामाभने १५ वटा सवारी दुर्घटना भएका छन्। माघमा १५ दुर्घटनामा नौजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। जबकी पुसमाआठवटा दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। 

काठको ठड्डा राखेर भावर उखु लोड गर्ने ट्याक्टरका कारण पूर्व–पश्चिम राजमार्गमाजामसमेत हुने गरेको छ। अझपुलमाउखु बोकेका ट्याक्टर र ट्रेलर बिग्रिँदा घण्टौंसम्मजामहुने गरेको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुखप्रहरी निरीक्षक राजकुमार शाहीले उखु बोकेका सवारी साधनले राजमार्गमा ट्राफिक समस्या बढेको बताए। ‘विशेषगरी पुलमाउखु बोकेका ट्रक र ट्याक्टरमा ठूलै समस्याआएर बिग्रियो भने त घण्टौं जामहुने गरेको छ,’ शाहीले भने, ‘कतिपय स्थानमा पछाडिका सवारीसाधनले ठम्याउन नसक्दाउखुकाबोकेका साधनमा ठोक्किएर दुर्घटना हुने गरेको छ।’

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनस्थित ईन्दुशंकर चिनीउद्योग बिग्रेर बन्दभयो भने त उखुका सवारीले राजमार्गमापाँचकिलोमिटरभन्दालामो लामलाग्दा सवारी आवागमनमानिकै समस्याआउने गरेको ट्राफिक प्रमुखशाहीले बताए। ‘यसवर्ष त चिनीउद्योग सफाइहुने बेलाहोस् वाआकस्मिक गडबडीका कारण बन्दहुँदाहामीलाई जानकारी आउने व्यवस्थामिलाएका छौं,’ शाहीले भने, ‘त्यसपछि उखु ओसार्ने सवारी साधनलाई गाउँगाउँमै रोकेर पूर्व–पश्चिम राजमार्गमाआउनै दिँदैनौं।’

प्रकाशित: २८ फाल्गुन २०७५ ०७:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App