काठमाडौं - देवः विकास बैंकको बारवर्दिया नगरपालिकाको वडा नं ६ स्थित मगरागढी र मधुवन नगरपालिकाको वडा ६ स्थित सानोश्री, ताराताल शाखा सञ्चालनमा आएको छ ।
औपचारिक कार्यक्रमको साथ ती दुई शाखा उद्घाटन गरिएको बैंकले जनाएको छ । मगरागढी शाखा कार्यालयको उद्घाटन बारवर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले गरेका छन्। अर्को समारोहमा ताराताल शाखा कार्यालयको उद्घाटन मधुवन नगरपालिकाका प्रमुख गणेशबहादुर केसीले बैंकको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: २६ फाल्गुन २०७५ ०५:२१ आइतबार