coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एभरेस्ट बैंकका १० लाखभन्दा बढी ग्राहक

काठमाडौं - एभरेस्ट बैंक लिमिटेडको ग्राहक संख्या १० लाख नाघेको छ । बैंकले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी गराएको हो । योसँगै सम्भवतः मुलुककै सबैभन्दा बढी ग्राहक भएको बैंक बनेको एभरेस्टको दाबी छ । सो अवसरमा बैंकले साझेदार भारतको पञ्जाब नेसनल बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सुनिल मेहताको औपचारिक भ्रमणको स्वागत गरेको छ । 

मेहताले एभरेस्ट बैंकले २५ वर्षअघि स्थापना हुँदा पञ्जाब नेसनल बैंकसँग संयुक्त लगानीकर्ता साझेदारको रुपमा हात बढाएको बताए । हाल एभरेस्टले ९२ शाखामार्फत ग्राहकलाई स्तरीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । देशको संघीय संरचनालाई मध्यनजर गर्दै साते वटै प्रदेशमा क्षेत्रीय कार्यालयस्थापना गरिसकेको जनाएको छ । 

क्षेत्रीय कार्यालयहरु प्रधान कार्यालयकै प्रतिनिधिका रुपमा रहने सो अवसरमा जानकारी दिइयो । बैंकले विराटनगर, वीरगन्ज, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा क्षेत्रिय कार्यालय स्थापना गरिसकेको छ । क्षेत्रीय कार्यालयबाटै सम्बन्धित शाखाका लागि छिटो छरितो ढंगले निर्णय लिन सकिने बैंकको भनाइ छ । 

हालै बैंकले देशका दुर्गम स्थानमा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यले १० वटा दुर्गम स्थानमा शाखा खोल्ने निर्णय गरिसकेको छ । नौ स्थानमा यस्ता शाखा खोलिसकेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । संखुवासभा जिल्लामा रहेको सिलिचुङ शाखामात्र खोल्न बाँकी रहेको छ र सो शाखा पनि चाँडै खुल्ने अवस्थामा रहेको बैंकका अध्यक्ष बिके श्रेष्ठले जानकारी गराए।  

एभरेस्ट बैंकले आफ्ना सेयरधनीलाई पनि उच्च दरको प्रतिफल उपलब्ध गराइरहेको दाबी गरेको छ । लगानीका हिसाबले हेर्दा एक सेयरधनीकोे अहिलेसम्मको लगानी १३ हजार पाँच सय रुपैयाँ पुगेको छ । सो रकम २५ गुणाभन्दा बढी बढेको र सो लगानी गरिएको सेयरको वर्तमान बजार मूल्य तीन लाख ४५ हजार आठ सय रुपैयाँ हुन आउँछ । एभरेस्ट बैंकले आफ्ना कर्तव्यनिष्ठ कर्मचारीलाई अन्य बैंकको तुलनामा उच्च दरको पारिश्रमिक उपलब्ध गराई रहेको दाबी गरेको छ। 

एभरेस्टको भारतीय साझेदार पञ्जाब नेसनल बैंक सन् १९४७ मा भारत पाकिस्तानको विभाजन भएपछि नयाँ दिल्ली आएको र मूलतः यो लाहोरबाट आएका शरणार्थीहरुको बैंकको रुपमा आएको जानकारी मेहताले दिए। त्यसपछि बैंक स्थापित हुँदै भारतभर विस्तार भयो । हाल यो भारतमा दोसो ठूलो बैंकको रुपमा स्थापित छ । हाल पञ्जाब नेशनल बैंकको कारोबार १०.८४ लाख करोड (नेपाली रुपैयाँ १७.३४ लाख करोड) रहेको छ। भारतमा यसका सात हजार शाखा र नौ हजार एटिएम मेसिन रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पञ्जाब नेसनल बैंकको बृहत् सञ्जाल रहनुका साथै १४ वटा तालिम केन्द्र छन्।

 

प्रकाशित: २६ फाल्गुन २०७५ ०५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App