७ वैशाख २०८१ शुक्रबार
अर्थ

जीवन बीमा गर्नेकाे संख्या बढ्दाे, ४५ लाखले गरे बीमा

काठमाडौं - पछिल्लो समय बीमा गर्नेको संख्या उल्लेख्य बढेको छ। सचेतनामा भएको वृद्धिले गर्दा बीमा गर्नेको संख्या बढेको हो। दुई वर्षमा बीमा गर्ने मानिसको संख्या बढेर १७ प्रतिशतमा पुगेको छ। दुई वर्षअघि ७ प्रतिशत जनसंख्याले मात्र बीमा गरेका थिए।

आर्थिक वर्ष २०७३/७४ मा ३५ लाख ६८ हजार १ सय ९६ ले बीमा गरेका थिए। चालू आर्थिक वर्षको अहिलेसम्म बीमालेख संख्या ४५ लाख ७२ हजार १ सय ४३ रहेको छ। पछिल्लो जनगणनाले नेपालमा २ करोड ६४ लाख ९४ हजार जनसंख्या रहेको देखाएको छ। तर, आइतबार नेपालको कुल जनसंख्या  दुई करोड ९४ लाख ९० हजार पुगेको राष्ट्रिय तथ्यांक विभागको अभिलेखले देखाउँछ।

बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईँले २ वर्षको अवधिमा बीमा गर्नेको संख्या १० प्रतिशतले बढेको बताए। उनले भने ‘म समितिमा आउँदा ७ प्रतिशतमा सीमित जीवन बीमा व्यवसाय थियो। अहिले यो बढेर १७ प्रतिशत पुगेको छ।

पछिल्लो वर्ष बीमा कम्पनी बढेको छन्। गाउँगाउँसम्म कम्पनीहरूले व्यवसाय विस्तार गरेकाले यसको पहुँच बढ्दै गएको हो। बीमाको पहुँच बढ्नुमा प्रतिष्पर्धी बजार र अभिकर्ताको आन्दोलनको सम्बोधन हुनु मुख्य कारण रहेको अध्यक्ष चापागाईँले बताए। बीमा समितिले सातै प्रदेशमा सचेतना कार्यक्रम विस्तार गरेको छ। 

प्रकाशित: १९ फाल्गुन २०७५ १३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App