१५ चैत्र २०८० बिहीबार
अर्थ

अर्थमन्त्रीको भ्रमण उपलब्धिमूलक

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाको बेलायत भ्रमण उपलब्धिमूलक भएको अर्थ मन्त्रालयले जनाएको छ। बेलायतमा आयोजित तीनदिने लगानी सम्मेलन पूर्वको कार्यक्रम सम्पन्न गरी उनी आइतबार स्वदेश फर्किएका हुन्। 

भ्रमणका क्रममा अर्थमन्त्री खतिवडा नेपालमा लगानी भित्र्याउने सम्बन्धी विभिन्न कार्यक्रममा सहभागी भएका थिए। उनले बेलायती अन्तर्राष्ट्रिय आर्थिक सहायता राज्यमन्त्री तथा हाउस अफ लर्डस्का सदस्य लर्ड बेट्ससँग बेलायतको हाउस अफ कमन्समा भेटघाट गरेका थिए। उक्त भेटमा लर्ड बेट्सको जिज्ञासामा मन्त्री खतिवडाले भूकम्पपछिको पुनर्निर्माण कार्य अन्तिम चरणमा रहेको जानकारी दिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

राज्यमन्त्री लर्ड बेट्सले संघीयता कार्यान्वयन र समावेशितामा नेपालले उदाहरणीय उपलब्धि हासिल गरेको भन्दै प्रशंसा गरेका थिए। उनले नेपालको विकास र समृद्धिको लागि बेलायत सरकार जस्तोसुकै सयोग गर्न प्रतिवद्ध रहेको बताएका थिए।

 

प्रकाशित: १४ फाल्गुन २०७५ ०१:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App