८ वैशाख २०८१ शनिबार
अर्थ

महिन्द्रा उदय मेला सकियो

काठमाडौं – भारतीय अटोमोबाइल्स कम्पनी महिन्द्राले शुक्रबार भृकुटीमण्डपमा सुरु गरेको महिन्द्रा उदय मेला आइतबार सकिएको छ ।  

नेपालमै पहिलोपटक आयोजित बृहत् एकल अटो मेलामा ‘महिन्द्रा उदय’मा ३५ भन्दा बढी मोडलका उत्पादन प्रदर्शनीमा राखेको कम्पनीले जनाएको छ । कम्पनीले नेपाली बजारमा बिक्री वितरण गर्दै आएका मोडल पनि प्रदर्शनीमा राखेको जनाएको छ । 

इलेक्ट्रिक भेहिकलसँगै विभिन्न सेग्मेन्टका इन्धन किफायती बाइक, स्कुटर, कार, भ्यान, ट्याक्टर, ट्रिपर लगायत पनि प्रदर्शनीमा थिए । प्यासेन्जरतर्फ थ्री डबल ओ, मराजो, ट्याक्टरतर्फ जिभो, युभो, कमर्सियलतर्फ फ्युरियो र ब्लेजो २५ सार्वजनिक गरेको थियो ।

मेलाको पहिलो दिन ६ वटा नयाँ गाडी अनावरण गरिएको थियो । महिन्द्राको बहुप्रतीक्षित एसयुभी एक्सयुभी ३००, नयाँ एमपिभी मराजो, नयाँ ट्याक्टर जिभो २४५ र युभो ४१५ तथा हेभी कमर्सियल भेहिकल फ्युरियो र ब्लेजो २५ ट्रक तथा नयाँ ग्रेडर जी७५ सार्वजनिक गरेको कम्पनीले जनाएको छ । 

महिन्द्राका उत्पादन नेपाली बजारमा २७ वर्षदेखि बिक्री भइरहेका छन् । महिन्द्राका लागि नेपालको आधिकारिक वितरक अग्नि इन्कर्पोरेट, एमभी दुगड, स्वराज पार्टनर र महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले संयुक्त रुपमा यो लाइफस्टाइल एन्ड अटो सो आयोजना गरेका हुन् । 

आकर्षक डिजाइन, उत्कृष्ट पर्फर्मेन्स र विशेषताका एसयुभी निर्माणमा चर्चित कम्पनीले आफ्ना सबै उत्पादनलाई मेलामा राखेको थियो ।   

एसयुभी, इलेक्ट्रिक सवारी, दुईपांग्रे सवारी, हेभी इक्विप्मेन्ट, कृषिमा प्रयोग हुने उपकरण, कमर्सियल प्रयोगमा आउने सवारी साधनका साथै महिन्द्राका सबै उत्पादनलाई यस महिन्द्रा उदयमा दर्शकले हेर्न पाए । 

यो प्रदर्शनीमा अटो सोका साथै विभिन्न कलाकारको लाइभ पर्फर्मेन्स समेत थियो । विभिन्न स्वादका खानाको समेत स्टल राखिएको थियो । मेलामा अबलोकनकर्ताको निकै उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ। 

 

प्रकाशित: १३ फाल्गुन २०७५ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App