१५ चैत्र २०८० बिहीबार
अर्थ

राजस्व लक्ष्य पुगेन, ७ महिनामा ४ खर्ब ५५ अर्ब

काठमाडौं - सरकारले चालु आर्थिक वर्षको सात महिनामा चार खर्ब ५५ अर्ब ३९ करोड राजस्व संकलन गरेको छ। संकलित राजस्व गएको आवको सोही अवधिको तुलनामा २४ प्रतिशतले बढी भएपनि लक्ष्यभन्दा ३७ अर्ब ५५ करोडले कम हो।

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको सो अवधिमा चार खर्ब ९२ अर्ब ९४ करोड राजस्व उठाउने लक्ष्य लिएको थियो । सो राजस्वमध्ये चार खर्ब नौ अर्ब पाँच करोड कर राजस्व हो भने ४६ अर्ब ३४ करोड गैर कर भएको अर्थ मन्त्रालयका सह–प्रवक्ता जनकराज शर्माले बताए।

सरकारले यस वर्षको माघ अन्त्यसम्म चार खर्ब ४४ अर्ब ७० करोड कर राजस्व र ४८ अर्ब २४ करोड गैरकर राजस्व उठाउने लक्ष्य लिएको थियो।  हाल लक्षित राजस्व संकलन हुन नसकेपनि अबका वाँकी दिनमा उठ्ने राजस्वले सरकारले लक्ष्य अनुरुप राजस्व उठाउन सफल हुने शर्माले बताए।

माघसम्म राजस्वका मुख्य शीर्षक मूल्य अभिवृद्धि कर(भ्याट), आयकर, भन्सार महसुल अन्तःशुल्क लगायका सबै शीर्षकको राजस्व असुली लक्ष्य अनुरुप हुन सकेको छैन। सरकारले यस वर्षपनि राजस्वको लक्ष्य पुरा गर्न वक्यौक्ता रहेका राजस्व उठाउन विशेष व्यवस्था  गर्न लागेको छ।

सरकारले राजस्वका लागि तोकेका सबै शीर्षकमा लक्षित राजस्व उठाउन सकेको छैन। चैत र असार बढी राजस्व उठ्ने समय भएकाले अहिले नपुग भएको राजस्व समेत आवको अन्त्यसम्म पुग्ने उनले बताए। चैत र असार आयकर बुझाउने महिना हो।

राजस्व शीर्ष

  लक्ष्य      असुली
भन्सार महसुल  ९५ अर्ब ४५ करोड  ९१ अर्ब १९ करोड
मूल्य अभिवृद्धि कर १ खर्ब ५४ अर्ब ७ करोड  १ खर्ब ३४ अर्ब ३९  करोड 
अन्तःशुल्क    ७० अर्ब ३८ करोड  ६९ अर्ब ५१ करोड
आयकर  १ खर्ब १४ अर्ब ६९ करोड  ९६ अर्ब ९७ करोड
शिक्षा सेवा कर    ४५ करोड    ७१ करोड
अन्य कर     ४८ अर्ब २४ करोड   ४६ करोड ३४ करोड

स्रोतः अर्थ मन्त्रालय        

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित: १२ फाल्गुन २०७५ ११:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App