coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

किसानलाई कृषि उपकरण

किसानलाई वितरण गरिएका कृषि उपकरण। तस्बिर  : नागरिक

नुवाकोट – कृषिमा आधुनिकता भित्र्याउनुपर्छ, लागतभन्दा उत्पादन बढाउनुपर्छ भन्ने आवाज उठिरहेका बेला शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले शिवपुरी गाउपालिकाका वडा नम्बर १ र २ का किसानलाई लक्षित गरी कृषि उपकरण वितरण गरिएको छ। 

प्रदेश ३ का उपसभामूख राधिका तामाङको स्वर्गीय बुवा शेरबहादुर तामाङ र स्वर्गीय आमा राम्री तामाङको नाममा स्थापना गरिएका प्रतिष्ठानले शनिबार धान, गहुँ र कोदो झार्ने दुई थान मल्टी क्रप थ्रेसर र एक थान मिनिट्रिलर वितरण गरिएको छ। खोलेखर्कमा आयोजित आधारभूत कार्यक्रममा माङ्चेभूमे कृषक समूहले सञ्चालन गर्ने गरी एक थान मल्टी क्रप थ्रेसर र एक थान मिनिट्रिलर वितरण गरिएको छ। त्यस्तै सञ्चालक समिति गठन गर्ने गरी एक थान मल्टी क्रप थ्रेसर वितरण गरिएको हो। 

बुवाको आठौं स्मृति दिवशको अवसरमा कृषि उपकरण वितरण गर्दै प्रतिष्ठानको संरक्षक समेत रहेकी उपसभामुख तामाङले खेती प्रणालीमा आधुनिकता भिœयाउन सके खेतबारी बाझो नरहने बताइन्। ‘युवा शक्तिहरु सहर र विदेशमा छन्। गाउँमा महिला दिदीबहिनी र बुढा भएका बुवाआमा मात्र। परम्परागत रुपमा खेती गरेर आर्थिक उपार्जन गर्न सक्ने अवस्था छैन,’ तामाङले भनिन्, ‘जग्गा बाझो राख्न नपाइने निति सरकारले ल्याएको छ। उक्त नीति कार्यान्वयन गर्न कृषिमा आधुनिनकता भिœयाउनु आवस्यक छ। जसले गर्दा जनशक्तिसँगै लगानी कम लाग्छ। उत्पादनमा बढोत्तरी भएको महसुस किसानलाई हुन्छ। कृषि पेशालाई बढुवा दिन प्रेरणा दिन्छ।’

मृतकको सम्झनालाई धार्मिक विधिमा ढाल्नुभन्दा सामाजिक कार्यमा लगाउँदा उत्तम हुने ठानेर किसानलाई कृषि उपकरण वितरण गरिएको प्रतिष्ठानका कोषाध्यक्ष डिबी तामाङले बताए। प्रतिष्ठानले यसअघि विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र विद्यालय पोषाक वितरण गरिसकेको छ। हजुरबा, हजुरआमा दुवै जना सामाजिक कार्यमा अग्रसर भएर अघि बढेको हुनाले सम्मानमा प्रतिष्ठान स्थापना गरी सामाजिक कार्य गर्दै आएको अध्यक्ष राजकुमार लामाले बताए।

प्रकाशित: ६ फाल्गुन २०७५ ०१:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App