५ वैशाख २०८१ बुधबार
अर्थ

अग्नि ग्रुपको नयाँ शोरुम ओखलढुङ्गामा

काठमाडौं - अग्नि ग्रुपले ओखलढुङ्गामा आधिकारिक नयाँ शोरुमको स्थापना गरेको छ। महिन्द्रा गाडीहरुकालागि ओखलढुङ्गामा आधिकारिक नयाँ शोरुमको स्थापना गरिएको कम्पनीले जनाएको छ।

कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापित रुम्जाटार अटो मोबाइल्सले यस आसपासका क्षेत्रहरुमा आफ्नो गुणस्तरीय एवं आधिकारिक सेवा प्रदान गर्ने कम्पनीले बताएको छ। शोरुमको उद्घाटन कम्पनीका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, प्रदेश नं १ का सभासद अम्बिरबाबु गुरुङ्गले गरेका थिए।

हालै स्थापना गरिएको रुम्जाटार अटोमोबाइल्सबाट जेन्यून पार्ट पाइनुका साथै, बिक्री एवं बिक्री पछिको सेवा प्रदान गरिने शोरुमका प्रबन्ध निर्देशक राज घलेले बताए। 

 

प्रकाशित: २८ माघ २०७५ ११:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App