coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

कृषि उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले कृषकको आर्थिक अवस्था सुधार्न कृषि उत्पादनलाई विश्व बजारसँग प्रतिस्पर्धी बनाउनुपर्ने बताएका छन्। नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको ११औं वार्षिक साधारण सभाका अवसरमा बिहीबार मन्त्री खतिवडाले यस्तो धारणा राखेका हुन्।

कार्यक्रममा खतिवडाले कृषि सहकारीहरुले आयात प्रतिस्थापनमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए। ‘खुला अर्थनीति अवलम्बन गरेको नेपालले अब कृषि उत्पादनलाई पनि विश्व बजारसँग प्रतिस्पर्धी बनाउनु पर्छ,’ उनले भने, ‘कृषि सामग्रीको प्रशोधन, प्याकेजिङ र बजारीकरणमा सरकारले सहयोग गर्छ।’

खतिवडाले आगामी पाँच वर्षभित्र देशबाट गरिबी उन्मुलन गर्ने बताए। सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै कृषि क्षेत्रको विकासमा सघाउने बताए। ‘कृषि उत्पादनलाई बढाउन सके गरिबी उन्मुलन गर्न सकिन्छ,’ उनले भने। कृषि र सहकारी क्षेत्रबाट उत्पादनमूलक कार्यका लागि आउने प्रस्तावलाई सरकारले सघाउने उनको भनाइ छ।

 कार्यक्रममा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले देशको आर्थिक विकासका लागि सहकारी आवश्यक रहेको बताए। आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रको विकासका लागि पनि कृषि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए।

राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष केशव बडालले पिछडिएको दलित र अल्पविकसित समुदायको उन्नती प्रगतिका लागि कृषि सहकारीले सघाएको बताए। दुर्गम गाउँमा कृषि सहकारी पुगेर सेवा दिएको बडालको धारणा थियो। साना किसान समुदायको सकारात्मक परिवर्तनका लागि सहयोगी बनेको नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.का अध्यक्ष खेम बहादुर पाठकले बताए।

प्रकाशित: १८ माघ २०७५ ०१:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App