coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

युरोपेली प्रविधिबाट जगदम्बा कंक्रिटो

२०७२ को भूकम्पपछि नेपालमा थुप्रै वैकल्पिक निर्माण प्रविधि भित्रिएका छन्। प्रि–फेब्रिकेटेड प्रोडक्टदेखि झ्याल ढोकामा कंक्रिटका चौकससम्मका उत्पादन नेपाली बजारमा आएका छन्। पछिल्लो समय वैकल्पिक निर्माण सामग्रीप्रति आमउपभोक्ताको धारणा सकारात्मक बन्दै गएको छ। साथै, यस्ता उत्पादनको प्रयोग पनि बाक्लिएको छ। यस्ता विभिन्न सामग्रीका नयाँ उत्पादक पनि थपिने क्रम जारी छ।

यसमध्येको एक होे जगदम्बा कंक्रिटो। बेलायती र जर्मन प्रविधिबाट नेपालमा गुणस्तरीय कंक्रिट प्रिकास्ट सामग्री उत्पादन गर्ने यस कम्पनीले गत वर्षबाट उत्पादन थालेको हो। यसले पर्साको वीरगन्जमा कारखाना राखेर ब्लक, पेभर्स, कर्भ स्टोन, ससर ड्रेनलगायतका कंक्रिटका निर्माण सामग्री उत्पादन गरिरहेको छ। विश्वस्तरीय स्वचालित उत्पादन प्रक्रियामा आधारित आधुनिक युरोपेली प्रविधिबाट उत्पादन गरिएको जगदम्बा कंक्रिटोका उत्पादन, तिनको

आकार र मूल्य यस प्रकार रहेका छन्ः
इँटा

जगदम्बा कंक्रिटोले दुई आकारमा इँटा उत्पादन गरिरहेको छ। परम्परागत चिम्नीमा आधारित भट्टीमा पोलेर तयार गरिनेभन्दा यसको इँटा उत्पादन प्रक्रिया पनि फरक छ। धूवाँरहित युरोपेली मेसिनबाट उत्पादन हुने यस कम्पनीका इँटा ७५ एमएम र ५५ एमएम आकारमा छ।

पेभर्स
जगदम्बाले तीन आकारका पेभर बजारमा ल्याएको छ। यसमा रेक्टेंगल, स्क्वायर र युनिवाजिक ज्याक आकारका छन्। यी ६ रङमा उपलब्ध छन्। ग्राहकले खरानी रङ बाहेक अन्य पाँच रङका पेभर छनोट गरे तीन रुपैयाँ अतिरिक्त लाग्नेछ। भविष्यमा ग्राहकको मागअनुरूप अन्य आकारका पेभर पनि बजारमा ल्याउने कम्पनीको योजना छ।

होलो ब्लक
भवनको पर्खाललगायतका संरचना निर्माणमा इँटाको विकल्पमा प्रयोग गर्न सकिने होलो ब्लक तुलनात्मक रूपमा परम्परागत इँटाभन्दा हलुुका हुन्छ। एउटा मात्रै रङ (खरानी)मा मात्र उपलब्ध होलो ब्लक प्रयोग गर्दा वाल पुटिङपछि सोझै पेन्ट गर्न सकिने भएकाले प्लास्टर गर्नु पर्दैन। त्यसैले, प्लास्टर र क्युरिङ गर्न नपर्ने यो ब्लक प्रयोग गरेर भवन निर्माण गर्दा श्रमको लागत कम पर्छ।

सोलिड ब्लक
जगदम्बा कंक्रिटोले सोलिड ब्लक पनि उत्पादन गरिरहेको छ। यो ब्लक संरचनाको जग (फाउन्डेसन) निर्माण गर्दा प्रयोग गर्ने गरिन्छ। जगमा इँटा वा ढुंगा प्रयोग गर्ने गरिएको छ। त्यसै ठाउँमा प्रयोग गर्न मिल्ने गरी सोलिड ब्लकको उत्पादन गरिएको छ। यो आठ इन्चको आकारमा उपलब्ध छ।

ससर ड्रेन
ढल तथा पानी बग्न सहज गराउनका लागि जगदम्बाले उत्पादन गरेको ‘ससर ड्रेन’को आकार अंग्रेजी अक्षर ‘यू’ जस्तो हुन्छ। यो करिब २० इन्चको आकारमा मात्र पाइन्छ।

कर्भ स्टोन
सडक र बगैंचाको किनारमा प्रयोग गरिने सामग्री हो कर्भ स्टोन। करिब २० इन्चको चौडाइमा दुई प्रकारका कर्भ स्टोन जगदम्बाले ल्याएको छ, जसमा पूरा र आधा आकारका छन्।

समान आकार हुने, टुटफुट नहुने जगदम्बा कंक्रिटोका उत्पादन गुणस्तरीय रहेका छन्। यसका उत्पादन परम्परागत निर्माण सामग्रीभन्दा सस्तो, टिकाउ, श्रम लागत कम पर्ने र तुलनात्मक रूपमा हलुका हुन्छ। यी सामग्री आकार तथा फिनिसिङमा एकरूपता, मजबुती (हाई स्ट्रेन्थ), जडान र प्रयोग गर्न सहज, कम पानी सोस्ने, अग्नि प्रतिरोधक, तापक्रम व्यवस्थापनका साथै वातावरणमैत्री रहेका छन्।

प्रकाशित: २५ पुस २०७५ ०३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App