१६ चैत्र २०८० शुक्रबार
अर्थ

पुँजीगत खर्च बीस प्रतिशत मात्रै

रसुवा - रसुवामा चालु आर्थिक वर्षको पाँच महिनामा २० प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ। जिल्लाका स्थानीय तहहरूमा कात्तिकपछि मात्रै विकास निर्माणको काम सुरु भएका कारण पुँजीगत खर्च हुन नसकेको हो।

कोष तथा लेखा नियन्त्रक कार्यालय रसुवाका अनुसार साउनदेखि मंसिर मसान्तसम्म २०.३८ प्रतिशत विकास बजेट खर्च भएको हो। जिल्लामा ४० करोड १६ लाख ९९ हजार पुँजीगत बजेट आएको थियो। जसमा हालसम्म ८ करोड १८ लाख ८१ हजार एक सय ३५ रुपयाँ खर्च भएको छ। चालुतर्फ भने ५१.७९ प्रतिशत खर्च भइसकेको छ। दुई अर्ब २८ करोड ३१ लाख ४९ हजार दुई सय १२ रुपयाँमध्ये एक अर्ब १८ करोड २६ लाख २४ हजार तीन सय ७१ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।

जिल्लामा विकास निर्माणमा काम गर्ने कार्यालय नहुँदा विकास बजेट खर्च हुन नसकेको हो। विकासको हिसाबले पछि परेको रसुवामा पाँच महिनामा भएको खर्च राम्रो भएको भए पनि यसमै सन्तोष मान्न सकिने अवस्था भने नरहेको कोष तथा लेखा नियन्त्रक प्रमुख दीपक लामिछानेले बताए।

एक वर्ष ८० लाख ८७ हजार राजस्व
रसुवाका पाँच स्थानीय तहले एक वर्षमा ८० लाख ८७ हजार राजस्व उठाएका छन्। गत आर्थिक वर्ष ०७४÷७५ मा स्थानीय तहले ८० लाख ८७ हजार एक सय ६८ रुपैयाँ राजस्व संकलन गरेका हुन्।

जिल्लाको कालिका गाउँपालिकाले सबैभन्दा बढी ४० लाख ४० हजार नौ सय ८४ र सबैभन्दा कम आमाछोदिङ्मो गाउँपालिकाले दुई लाख ६२ हजार सात सय ३९ रुपैयाँ राजस्व संकलन गरेका कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

त्यसैगरी गोसाईकुण्ड गाउँपालिकाले १३ लाख ९३ हजार चार सय ८९, उत्तरगया गाउँपालिकाले ११ लाख २७ हजार पाँच सय ६९ र नौकुण्ड गाउँपालिकाले १२ लाख ६२ हजार तीन सय ८८ रुपयाँ राजस्व संकलन गरेको हो।

प्रकाशित: २४ पुस २०७५ ०४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App