१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्रभु लाइफले ल्यायो ‘श्रीवृद्घि जीवन बीमा योजना’

काठमाडौं– प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो नयाँ जीवन बीमा योजना ‘श्री वृद्घि जीवन बीमा योजना’ सार्वजनिक गरेको छ। राजधानीमा आयोजित एक कार्यक्रममा कम्पनीका सञ्चालक समिति अध्यक्ष डा. आत्माराम घिमिरेबाट श्री वृद्धि जीवन बीमा योजना सार्वजनिक गरिएको हो। कार्यक्रयमा डा.घिमिरेले प्रभु लाइफले यसैगरी जनमानस बीच उत्कृष्ट जीवन बीमा योजनाहरु ल्याउँदै जाने कुरा बताए।

कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने लगायत कम्पनीका व्यवस्थापन समूहका सदस्यहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति थियो। कार्यकारी अधिकृत लामिछानेले यो जीवन बीमा अत्यन्तै प्रभावकारी हुने विश्वास व्यक्त गरे। यो योजनाबाट गा्रहकलाई लाभ हुने कुरामा दुईमत नरहेको र कम्पनीको उत्कृष्ट जीवन बीमा योजनामा श्री बृद्धि जीवन वीमा योजना रहेको उनको भनाई छ।

उनले हाल विभिन्न ४० शाखा तथा उपशाखा कार्यालयबाट जीवन बीमा सेवाहरु उपलब्ध रहेको र आगामी दिनमा कम्पनीले देशका सबै जिल्लामा आफ्नो सञ्जाल क्रमशः विस्तार गर्दै लैजाने लक्ष्य रहेको बताए।

यस श्रीवृद्घि जीवन बीमा योजना अन्तर्गत बीमा रकममा प्रत्येक वर्ष ५ प्रतिशतका दरले वृद्घि हुँदै जानेछ तर बीमा शुल्क (प्रिमियम) भने जीवन बीमा अवधिभरी नै एकैनास हुनेछ। जस्तो, १० लाख बराबरको २० वर्षे जीवन बीमा गर्दा पहिलो वर्ष नै १० लाखको ५० हजारका दरले वृद्घि हुनेछ। अनि २० वर्षमा बीमा रकम २० लाखको हुनेछ र बोनससहित बीमितले बीमाङ्कको करिब ३ गुणा रकम एकमुष्ठ फिर्ता पाउनेछन्। 

दुई अर्ब चुक्ता पुँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन्। कम्पनीले केही समयभित्रै ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्नेछ।

प्रकाशित: ६ पुस २०७५ १०:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App