२९ असार २०७७ सोमबार
अर्थ

सानीमा लाइफ इन्स्योरेन्सको रक्तदान

काठमाडौं– गैर आवसीय नेपालीहरुको समूहद्वारा प्रवर्द्धित सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आइतवार परेको आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। 

केन्द्रीय कार्यालय सिटी एक्सप्रेस भवन कमलादीमा आयोजित रक्तदान कार्यक्रममा ‘सानिमा जीवन श्री’ कार्यक्रमको सुरुवात गरियो। आधुनिक स्तरको उत्कृष्ट जीवन बीमा योजना जनसमक्ष प्रस्तुत गर्ने कम्पनीको उद्देश्य बमोजिम जीवन बीमाका विशेषज्ञद्धारा तर्जुमा गरिएको ‘सानिमा जीवन श्री’ बीमा योजना संचालक समितिका अध्यक्ष कुमार प्रसाद कोइरालाले सुभारम्भ गरेका हुन्।

यस योजनाअन्तर्गत १६ वर्षदेखि ६० वर्ष उमेरसम्मका महिला तथा पुरुषले न्यूनतम ५ लाख वा सो भन्दा बढी रकमको जीवन बीमा गर्न सकिनेछ। यस योजनाका लागि बीमा अवधि १०, १५, २०, २५ र बीमा शुल्क भुक्तानी अवधि क्रमशः ६, १०, १५, १८ निर्धारण गरिएको छ।

कम्पनीले सुरुमा नै पुरा बीमा अबधिको लागि प्रति हजार बीमाङ्कमा ७० रुपैयाँ बोनस ग्यारेन्टी गरिएको छ। 

प्रकाशित: २३ मंसिर २०७५ १९:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App