१५ चैत्र २०८० बिहीबार
अर्थ

‘रेसिङ डिएनए’ यामाहा आर १५ भी३ नेपालमा

काठमाडौं – नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतीक्षित सुपर स्पोर्टस् बाइक आर१५ (भर्सन ३.०) सार्वजनिक गरेको छ। नयाँ सुपर स्पोर्टस् मोडेलमा १५५ सिसी, लिक्विड–कुल्ड, ४– स्ट्रोक, ४–भल्भ र फ्युल इन्जेक्टेड इन्जिन रहेको छ जसमा ‘भेरिएबल भल्भ एक्च्युएसन’ (भिभिए) र ‘असिस्ट एन्ड स्लिपर’ (ए एन्ड एस) क्लच जस्ता अत्याधुनिक प्रविधि जडान गरिएको छ।

सन् १९९८ मा यामाहा आर१ लन्च भएपछि सुरु भएको रेसिङ विरासतलाई निरन्तरता दिँदै यामाहाले नयाँ आर१५ भी३मा पनि त्यस्तै बेजोड प्रविधि र पर्फर्मेन्स दिने फिचरहरु राखेको छ। यसमा अधिकतम कम्प्रेसन रेसियो भएको १५५ सिसीको इन्जिन जडान गरिएको छ जसले १०,००० आरपिएममा १९.३ पिएसको पावर र ८५०० आरपिएममा १५ एनएम टर्क उत्पन्न गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। नयाँ आर१५ भी३को प्रारम्भिक मूल्य चार लाख १९ हजार नौ सय कायम गरिएको छ।

आर१५ को नयाँ संस्करणमा यामाहाले क्रान्तिकारी ‘भिभिए सिस्टम’ समावेश गरेको छ जसले तल्लो र मध्यम आरपिएममा पनि टर्कमा कुनै सम्झौता नगरी अधिकतम शक्ति उत्पन्न गर्न मद्दत गर्छ। यसले पर्फर्मेन्सलाई अझ दमदार बनाइदिन्छ। त्यसैगरी, ‘ए एन्ड एस क्लच’ले गियर डाउन गर्ने प्रक्रियालाई सहज र आरामदायी बनाउँछ।

१३९ केजी वजन र १७० एमएम उच्च वजन भएको आर१५ भी३लाई फुल डिजिटल ड्यासबोर्ड, एलइडी हेडलाइट र टेललाइटले थप विशेष बनाएको छ। साथै, ‘एग्रेसिभ राइडिङ पोजिसन‘ र चौडा टायरले राइडिङमा थप उत्साह प्रदान गर्छ।
‘आर१५ भी३ले पर्फर्मेन्स, डिजाइन र इनोभेसन जस्ता यामाहाका मूल सिद्धान्तलाई अवलम्बन गर्दै विश्वस्तरीय नयाँ उत्पादन ल्याउने हाम्रो प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छ,’ एमएडब्लु इन्टरप्राइजेजका सिइओ चिरञ्जीवी शाहले भने, ‘हामीलाई विश्वास छ आर१५ भी३ले लोकप्रिय १५० सिसीको सेग्मेन्टमा यामाहाको उपस्थितिलाई दमदार बनाउनुका साथै नेपाली बजारमा यामाहाको ब्रान्ड भ्यालूलाई नयाँ उचाइमा पुर्याउने छ।’

‘यामाहाको आर सिरिजले मोटो जिपी जस्ता अनगिन्ती रेसिङ प्रतियोगिता जितेर कैयौं रेकर्ड राखिसकेको छ। यही आर सिरिज अन्तर्गतको आर१५ भी३ अहिले नेपालमा आएको छ, जसको टेक्नोलोजी र पर्फर्मेन्सले नेपाली ग्राहकलाई रेसिङ ट्र्याकमा चलाएको अनुभव दिलाउनेछ,’ उनले अगाडि थपे।

प्रकाशित: १९ मंसिर २०७५ ०४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App