१६ चैत्र २०८० शुक्रबार
अर्थ

जाडोलाई सिजीका घरायसी सामान

काठमाडौं – सिजीले जाडोलाई लक्ष्य गरी विभिन्न किसिमका जाडोका घरायसी सामग्री बजारमा ल्याएको छ । सिजीका अनुसार जाडोका लागि आवश्यक सामग्री बजारमा ल्याइएको हो।

सिजीले नेपाली बजारमा इलेक्ट्रिक तथा ग्यास गिजर ल्याएको छ । यो गिजर आकर्षक, गुणस्तरीय र अन्य कम्पनीको तुलनामा सस्तो पनि छ । यस्तै कम्पनीले तातोपानी राख्न मिल्ने गरी वाटर डिस्पेन्सर बजारमा ल्याएको छ । कम्पनीले कोठालाई न्यानो बनाउन विभिन्न प्रकारका रुम हिटर पनि ल्याएको छ । कम्पनीले खानालाई छोटो समयमै तातो बनाउन इलेक्ट्रिक ओभन पनि बजारमा ल्याएको छ।

खानेपानीलाई केही समयमा नै तताउन विभिन्न किसिमका नयाँनयाँ आकर्षक हटपट र कित्लीहरु पनि बजारमा उपलब्ध छन् । कम्पनीले तातोे पानीलाई लामो समयसम्म तातो बनाई राख्न नयाँ विभिन्न किसिमका भ्याकुम फ्लाक्सहरु उपलब्ध गराएको छ।

प्रकाशित: २९ कार्तिक २०७५ ०४:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App