८ वैशाख २०८१ शनिबार
अर्थ

कोलम्बो प्रोसेसको सम्मेलन नेपालमा हुँदै

सम्मेलनबारे जानकारी दिँदै श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल(बीचमा) तस्बिर: दिनेश लुइटेल

काठमाडौं– वैदेशिक रोजगारमा कामदार पठाउने एसियाली राष्ट्रहरुको साझा मञ्च कोलम्बो प्रोसेसको उच्चस्तरीय तथा मन्त्रीस्तरीय बैठक यही कार्तिक २९ र ३० गते काठमाडौंमा बस्ने भएको छ। सम्मेलन अन्तराष्ट्रिय आप्रवासन संगठनको समन्यमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गर्न लागेको हो।

 वैठकमा अन्तराष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रमका विषयमा सदस्य मुलुकहरु एक आपसमा परामर्श गर्नेछन् । बैठकमा श्रमिकको विश्वव्यापी सुरक्षित आप्रवाशन कार्यान्वयनको सन्दर्भमा विश्वव्यापी, क्षेत्रीय र द्विपक्षीय तहमा ध्यान दिनुपर्ने विषय , कोलम्बो प्रोसेसका सदस्य राष्ट्रहरुले अवलम्बन गर्नुपर्ने नीति, रणनीति र हासिल गर्नसक्ने लाभका विषयमा प्रस्तुति एवं छलफल गरिने कार्यक्रम पनि रहेको मन्त्रालयले जनाएको छ। 

  अन्तर्राष्ट्रिय आप्रवासनका विषयमा क्षेत्रीय परामर्श गर्ने उद्देश्यले  सञ्चालित उक्त मञ्चमा नेपालसहित १२ राष्ट्र सहभागी छन्। कोलम्बो प्रोसेसका १२ सदस्य राष्ट्रहरुमा अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, भारत, इण्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनाम छन् । हाल नेपाल यसको अध्यक्ष  छ र २९मार्च२०१७देखि यसका ेअध्यक्षता गरिरहेको छ।

वैदेशिक कामदारहरुको हक र अधिकारको प्रवर्द्धन, सेवा रसुविधाको संरक्षणका अतिरिक्त नयाँ गन्तव्य बजारको खोजी, विप्रेषणको वैधानिक प्रवाहको बढोत्तरी एवं आप्रवासनको व्यवस्थापकीय क्षमता विकास, तथ्यांक संकलन र विश्लेषण एवं राष्ट्र राष्ट्र बीचको वैदेशिक रोजगार सुधारका क्षेत्रमा हुने सहकार्यलाई कोलम्बो प्रोसेसले प्राथमिकतामा राख्दै आएको छ।

होटल सोल्टी क्राउन प्लाजामा कार्तिक ३० गते हुने मन्त्रीस्तरीय परामर्श वैठकको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री गोकर्ण विष्टले मन्त्रीस्तरीय वैठकको अध्यक्षता गर्नेछन्। २९ गते हुने उच्च अधिकारी स्तरीय वैठकको अध्यक्षता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दहालले गर्नेछन्।  

प्रकाशित: २६ कार्तिक २०७५ १२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App