१ श्रावण २०७७ बिहीबार
अर्थ

सिटिजन्सद्वारा ज्येष्ठ नागरिकलाई भोजन

काठमडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले राजधानीको मीनभवनस्थित निःसहाय सेवा सदन, ज्येष्ठ नागरिक आवास गृहका ४० बृद्धबृद्धालाई भोजनको प्रबन्ध गरेको छ।

बैंकले स्थापनाकालदेखिनै उक्त आवास गृहमा रहेका ज्येष्ठ नागरिकलाई भोजनको प्रबन्ध गर्दै आएको छ।

यसैको निरन्तरता स्वरूप यस वर्ष पनि बैंकले उक्त कार्यक्रम सञ्चालन गरेको हो। बैंकले देखाएको यस अग्रसरताले ज्येष्ठ नागरिकको हेरचाहमा टेवा पुग्ने बैंकले जनाएको छ।

सिटिजन्सले ८० शाखा, ७५ एटिएम र ९९ शाखारहित बैंकिङ एकाइहरुबाट सेवा दिइरहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २० कार्तिक २०७५ १०:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App