१५ चैत्र २०८० बिहीबार
अर्थ

एनसेलद्वारा पुरस्कार

काठमाडौं – एनसेल चाडपर्वको अवसरमा सञ्चालन गरिरहेको आकर्षक ‘रिचार्ज एन्ड विन’ अफरअन्तर्गत पाँचौ, छैठौं र सातौ हप्ताका विजेतालाई नगद पुरस्कार हस्तान्तरण गरेको छ।

प्रत्येक हप्ता १० भाग्यशाली ग्राहकले जनही एक लाख जित्ने ‘रिचार्ज एन्ड विन’ १० हप्तासम्म सञ्चालनमा रहने अफर हो। पाँचौ, छैठौं र सातौ हप्ताका विजेताहरु एक टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको लाइभ ड्र कार्यक्रममार्फत छानिएका हुन्।

एनसेलले बिहीबार एक कार्यक्रमबीच पाँचौ, छैठौं र सातौं हप्ताका भाग्यशाली विजेतामध्येका आठजनालाई  जनही नगद एक लाख पुरस्कार प्रदान गरेका हुन्।  

विजयीहरु सन्तोष श्रेष्ठ (मकवानपुर) र जितेन्द्र कुमार चौधरी (रौतहट), सुकबहादुर धुङ्ग (पर्सा), सीतादेवी जोगी (सुनसरी), प्रल्हाद प्रसाद गुप्ता (सप्तरी), डम्बर बहादुर थापा (सिन्धुली) र सुर्यमति अहिर (रुपन्देही)लाई पुरस्कार वितरण गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।

सातौं हप्ताका विजयीमध्येका एक बाराकी मेनका कुमारी रौनियार र चौंथों हप्ताका विजेतामध्येका एक रुकुमका कुलप्रसाद ओलीलाई पनि दाङस्थित एनसेल सेन्टरबाट नगद पुरस्कार हस्तान्तरण गरेको छ।

प्रकाशित: ९ कार्तिक २०७५ ०१:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App