१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

शिक्षकको सहकारीको पुँजी १९ लाख

खोटाङ – खोटाङका शिक्षकले स्थापना गरेको शिक्षक हित बचत तथा ऋण सहकारीको पुँजी १९ लाख नाघेको छ। जिल्लाका ५५ शिक्षकले २०७१ साल असार ३२ गते सुरु गरेको सहकारीले हालसम्म १९ लाख ८७८ रुपैयाँ बराबरको कारोबार गरेको छ।

दिक्तेलमा आइतबार भएको पाँचौं साधारणसभामा सहकारीले सबै सेयर पुँजी आफ्ना सदस्यलाई लगानी गरेको जानकारी दिइयो। आर्थिक वर्ष २०७४/०७५ मा तीन लाख नाफा आर्जन गरेको सहकारीका अनुगमन समिति सदस्य टंक कटवालले बताए।

सभाले २०७१ सालमा सदस्य बनेका सेयरहोल्डरलाई एक हजार दुई सय, २०७२ सालमा बनेकालाई एक हजार, २०७३ सालमा बनेकालाई पाँच सय, २०७४ सालमा बनेकालाई तीन सय र २०७५ सालमा बनेका सदस्यलाई जनही दुई सयका दरले बोनस दिने निर्णय गरेको अनुगमन समिति सदस्य कट्वालले बताए। अहिले संस्थाको सेयर सदस्य ९७ पुगेको छ।

प्रकाशित: २३ आश्विन २०७५ ०५:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App