१५ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

आइआइएमएसको मेला

काठमाडौं – आइआइएमएस कलेजले दसैं कार्निभल तथा नेपाल फुड फेस्टिभल मनाएको छ । कार्यक्रममा नेपालका सातवटै प्रदेशका पारम्परिक भोजन समावेश गराइएको कलेजले जनाएको छ।

साथै, विभिन्न स्टलबाट विविध मनोरञ्जक खेलहरु खेलाइएको थियो । फुड स्टलमा राखिएका परिकारमा तराइको भक्का, नेवारी खाजा, दुप्का, सुदूर पश्चिमको छाच तथा पाल्पाली खानामा दर्शकको घुइँचो लागेको जारी विज्ञप्तिमा उल्लेख छ।

यस्तै, संस्कृति झल्काउने प्रस्तुतिहरु दुर्गा, कुमारी, घिमे, लाखे, मारुनी, कौडा, हुडकेली नाच तथा विद्यार्थीका विविध सांगीतिक प्रस्तुति रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २२ आश्विन २०७५ ०६:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App