८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

गोदाममै थन्कियो साल्ट ट्रेडिङकाे चिनी

फाइल तस्बिर

वीरगञ्ज– सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वको  साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करीब १३ करोड रुपैयाँ बराबरको २ हजार ५०० मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ। 

हन्दूहरुको महान् चाड दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेसनले भारत गुजरातको रेणुका सुगर मिलबाट सो चिनी आयात गरेको हो। ढिलो गरी आएकाले सो चिनी भन्सार पास हुन नसक्दा गोदाममै थन्किन गएको सुख्खा बन्दरगाह भन्सार कार्यालय सिर्सिया पर्साले जनाएको छ।

‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ ३१ गतेसम्म भन्सार क्षेत्रमा आई पुगेको चिनी छोड्ने भनी पत्र पठाएको हो, प्रमुख भन्सार अधिकृत सूर्यप्रसाद सेढाईंले भने, ‘तर साल्ट ट्रेडिङको चिनी असोज ६ गतेमात्र आएकाले रोकिएको हो।’

२०७५ भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णयका आधारमा वाणिज्य विभागले चिनीको जाँचपास नगर्न पत्राचार गरेकाले यस्तो स्थिति आएको सेढाईंको भनाइ छ। विगत १० दिनदेखि सो चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएकाले अन्य सामान गोदाममा राख्न समस्या भएको बताइएको छ।

चिनी आयातमा ३० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट लाग्दै आएको छ। सरकारले चिनीमा भन्सार बढाउँदासमेत भारतबाट चिनी आउने क्रम नरोकिएपछि सरकारले भदौ ३१ गतेदेखि कोटा प्रणाली लगाएको कारण असोज १ गतेदेखि कुनै पनि भन्सार नाकाबाट चिनी नेपाल आएको छैन। सरकारले चिनी आयातमा रोक लगाएपछि यहाँका उपभोक्ता भारतीय चिनी प्रतिकिलो ७० रुपैयाँका दरले किन्न बाध्य छन्।रासस

प्रकाशित: १८ आश्विन २०७५ ०८:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App