७ वैशाख २०८१ शुक्रबार
अर्थ

फेरि महंगियो डलर


काठमाडौं– अमेरिकी डलर महंगिने क्रमले आज उच्च मूल्य कायम गरेको छ। आज नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा सबैभन्दा कमजोर भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि प्रतिडलर विक्रीदर ११७ रुपैयां ६५ पैसा तोकेको छ। खरिददर भने ११७ रुपैयाँ ५ पैसा निर्धारण गरिएको छ। 
हिजो बुधबार विक्रीदर ११६ रुपैयाँ ९६ पैसा तोकिएको थियो। यही आसोज ३ गते यो दर ११७ रुपैयाँ ७ पैसा पुगेको थियो। त्यसपछि अमेरिकी डलरको विनिमयदर केहि घटदै गएको थियो। 
नेपाली मुद्रा भारतीय मुद्रसंगको स्थिर विनिमयदरका कारण भारतीय  मुद्रा डलरसामु तलमाथि भएअनुरुप नेपाली मुद्राको विदेशी विनिमयदर पनि परिवर्तन हुनेगर्छ। नेपाली मुद्रा भारु प्रति १००को विक्रीदर १६० रुपैयाँ १५ पैसा छ।
अमेरिकाको स्वदेश केन्द्रित आर्थिक नीति बलियो हुँदै जाँदा उसको मुद्राको माग बृद्धि हुँदै गएको छ। अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाइदिँदा र सरकारले स्वदेशमै लगानी र रोजगारी सृजना गर्ने नीति लिएपछि भारतलगायतका नव उदीयमान अर्थतन्त्र भएका राष्ट्रबाट अमेरिकी लगानीकर्ता स्वदेश फकर्न थालेका छन्। यसको प्रभावले भारतीय मुद्रा डलर सामु कमजोर बन्दै गएको हो।
बिहीबारका लागि भारतीय मुद्राको विनिमयदर प्रतिडलर १७३ रुपैयाँ ७५ पैसा पुगेको छ।
   

 

 

प्रकाशित: १८ आश्विन २०७५ ०६:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App