६ वैशाख २०८१ बिहीबार
अर्थ

नेपालकाे आर्थिक स्वतन्त्रता सुधाराेन्मुख, पाँचस्थान माथि उक्लियाे

काठमाडौ– विश्व परिवेशमा नेपालको आर्थिक स्वतन्त्रताको अवस्थामा सुधार आएको देखिएको छ। विश्वका स्वतन्त्र नीति प्रतिष्ठानहरुको छाता संगठन इकोनोमिक फ्रिडम नेटवर्कले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१८ अनुसार नेपाल गतवर्षभन्दा ५ स्थानमाथि उक्लिएको छ।

१६२ राष्ट्रहरु समेटेर गरिएको अध्ययनमा नेपाल १०२ औ स्थानमा पुगेको हो।  यसअघि १५९ देशमा नेपाल १०७औ स्थानमा थियो। नेपालले यस वर्ष १० पूर्णांकमा ६.५३ अंक पाएको छ। १ देखि १० सम्मको क्रममा अधिकतम अंकको अर्थ अधिकतम आर्थिक स्वतन्त्रता हुन्छ।

अध्यनमा प्रत्येक मुलुकको ५ मुख्य पक्षमा विश्लेषणा गरिएको थियो। तीमध्ये नेपालको सरकारको आकार शिर्षकमा गत वर्षको अंक ८.१ बाट झरेर यस वर्ष ७.९ पाएको छ भने न्याय व्यवस्था तथा सम्पति माथिको अधिकारको सुरक्षामा यस वर्ष ४.६ अंक पाएको छ जुन गत वर्ष ४.५ थियो। त्यस्तै स्वस्थ मुद्रा माथिको पहुँचमा ६.४, अन्तराष्ट्रिय व्यापार गर्ने स्वतन्त्रतामा ६.६ र कर्जा, श्रम र व्यवसायमा नियमनको व्यवस्थामा  यस वर्ष ७.१ अंक पाएको छ। गत वर्ष यो अंक ६.७, थियो।

प्रतिवेदनअनुसार विश्वभरमा उच्चदरको आर्थिक स्वन्तन्त्रता कायम गरेका तीन उत्कृष्ट राष्ट्रमा क्रमश हंगकंग, सिंगापुर र न्युजिल्यान्ड छन्। त्यसपछि स्विजरल्याण्ड, आयरल्याण्ड, संयुक्त राज्य अमेरिका, जर्जिया, मरिसियस, संयुक्त अधिराज्य, अष्ट्रेलिया र क्यानडा छन्।  रिपोर्टमा जर्मनी २०औं, जापान४१औ, फ्रान्स ५७औं, रसिया ८७औं, भारत ९६औं र चीन १०८औं स्थानमा छन्।

प्रतिवेदन अनुसार सबैभन्दा कमजोरमा सुडान, गिनी–बिसाउ, अंगोला, सेन्ट्रल अफ्रिकि रिपब्लिक, रिपब्लिक अफ कंगो, सिरिया, अल्जेरिया, अर्जेन्टिना, लिब्या र भेनेजुएला अन्तिम १० स्थानमा छन्। समृद्धि फाउण्डेशनले क्यानाडाको फ्रेजर इन्स्टिच्युटसँगकाे सहप्रकाशनमा आज सार्वजनिक गरेको विवरणमा उत्तर कोरिया र क्युबाको तथ्याङक समावेश छैन।

प्रकाशित: ९ आश्विन २०७५ ०९:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App