coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कतारी राजदूत भन्छन् : अब नेपालीले पिआर पाउँछन् (भिडियाे)

काठमाडौं– कतार सरकारले आफ्नो देशमा कार्यरत विदेशी कामदारलाई स्थायी  बसोबास अनुमति पिआर दिने भएको छ। विद्यमान आप्रवासी नीतिमा परिमार्जन गर्दै कतारले आफ्नो देशमा कार्यरत आप्रवासी कामदारलाई पिआर दिने कानुन केही दिनपछि नै कार्यान्वयनमा आउने नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहमद अल हेलले नागरिकलाई बताए। पिआर पाउनका लागि कतारले विभिन्न ५ मापदण्ड तोकेको छ।

मापदण्ड अनुसार कतारी महिलाले विदेशीसँग विबाह गरेको खण्डमा ति महिलाको श्रीमान र छोराछोरीले पिआर पाउने छन्। त्यस्तै कतारी पुरुषले विदेशी महिलासँग विवाह गरे ती महिलाले पनि पिआर पाउने कतारले जनाएको छ। कतार बाहेकका देशमा जन्मिएपनि कतारमा २० वर्षदेखि बसोवास गर्दै आएका आप्रवासी कामदारले पनि कतारको पिआर पाउने छन्।

त्यस्तै कतार सरकारले जारी गरेको कानुनमा कतारमा जन्मिएका विदेशी नागरिक जो १० वर्षदेखि कतारमा बसोबास गर्दै आएका छन् उनिहरुलाई पनि कतार सरकारले पिआर दिने भएको छ। कतारमा कुनै विशेष पेशा व्यवसाय गर्दै आएका विदेशी नागरिकलाई पनि कतारले पिआर दिने राजदूत युसुफले जानकारी दिए।

पिआर सम्बन्धी नयाँ कानुनबारे नागरिकसँग कुरा गर्दै राजदूत युसुफले भने, ‘हामी सबै देशका नागरिकलाई कतारमा स्वागत गर्न चाहन्छौ र विश्वको लगानी कतारमा भित्र्याउन चाहन्छौं। कतार सबैका लागि खुल्ला मुलुक हो।’

नयाँ व्यस्था अनुसार विदेशी नागरिकले कतारमा सत प्रतिशत आफ्नै स्वामित्वमा कम्पनी खडा गरी लगानी गर्न पाउने छ। यसअघि विदेशीले कतारमा लगानी गर्न कतारी नागरिकको ५१ प्रतिशत शेयर हुनुपर्ने व्यस्था थियो।

पिआर पाउने आप्रवासीले कतारी नागरिकले पाउने सरहकै सेवा सुबिधा पाउने बताए। आप्रवासीलाई दिइने ग्रिनकार्ड ५ वर्षको हुनेछ भने ५ वर्षपछि पुनः नवीकरण गर्नुपर्ने छ। तर कतारमा कार्यरत नेपालीहरुले भने कतार सरकारले घोषणा गरेको पिआर सम्बन्धी व्यस्थाको लाभ नेपालीहरु खासै लिन नसक्ने बताए। कतारको स्थायी नागरिक बन्न अरबी भाषा पूर्णरुपमा जान्नु पर्ने प्रावधानले धेरै नेपालीहरु लाभाम्वित हुननसक्ने उनीहरुको भनार्इ छ।

प्रकाशित: ७ आश्विन २०७५ १३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App