१६ चैत्र २०८० शुक्रबार
अर्थ

जुत्ता, चप्पल मेला सुरु

काठमाडौं – नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघले भृकुटीमण्डपमा जुत्ता मेला सुरु गरेको छ । ‘दसैं जुत्ता महाकुम्भ मेला’मा पाँचवटा कम्पनीका जुत्ता–चप्पल बिक्रीमा राखिएको छ।

मेलामा कम्पनी मूल्यमै जुत्ता पाइने संघका अध्यक्ष खुमराज ढुंगानाले बताए । उत्पादकले सिधै ग्राहकलाई बिक्री गर्ने हुनाले बीचमा खाने नाफा घट्नेबित्तिकै जुत्ता सस्तो हुने उनको भनाइ छ।

मेलाको उद्देश्य स्टक क्लियरेन्स नभई ग्राहकलाई गुणस्तरीय र नयाँ डिजाइनको जुत्ता छानी–छानी किन्ने मौका दिनु रहेको आयोजकको दाबी छ । एक महिनासम्म चल्ने मेलामा सयौं मोडेलका जुत्ता उपलब्ध हुने हुनाले ग्राहकलाई पनि छनोट गर्न सहज हुने आयोजकको भनाइ छ । मेलामा केटिम, भेनस, फुटस्टेप, प्राइड र हाइलाइफ ब्रान्डका जुत्ता उपलब्ध छन्।

प्रकाशित: ५ आश्विन २०७५ ०५:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App