१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

बूढानीलकण्ठमा नेपाल इन्भेस्टमेन्ट बैंक

काठमाडौं – नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनिखेलमा आठौं एक्स्टेन्सन काउन्टर खोलेको छ । बैंकका नायब महाप्रबन्धक विजेन्द्र सुवाल र वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठले काउन्टर उद्घाटन गरेको बैंकले जनाएको छ। 

उक्त काउन्टरले चुनिखेल क्षेत्रको आर्थिक कारोबारमा सहयोग गर्ने बैंकले जनाएको छ । उक्त काउन्टरले सात हजारको संख्यामा रहेका स्थानीयलाई वित्तीय साक्षरता प्रदान गरी बैंकिङ कारोबारका लागि प्रोत्साहन गर्ने बैंकले जनाएको छ ।
सर्लाहीको बरहथवास्थित गुदारी बजारको शाखालाई स्थानीय मागअनुसार इलाका प्रहरी कार्यालयअगाडि सारेको पनि बैंकले जनाएको छ।

आठ लाख ७० हजारभन्दा बढी ग्राहक रहेको दाबी गर्ने यो बैंकले ७७ शाखा र एक सय दुई एटिममार्फत सेवा दिइरहेको जनाएको छ । त्यसैगरी, पाँच लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता, ६० शाखारहित बैंकिङ एकाइ र नौवटा राजस्व संकलन केन्द्र रहेको बैंकले जनाएको छ । यो बैंकको सञ्जालमा सात सय ९० भन्दा बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम छ।

 

प्रकाशित: ३ आश्विन २०७५ ०३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App