१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

एनआइसी एसियाको चाडपर्व अफर

काठमाडौं – एनआइसी एशिया बैंकले नजिकिदै गरेका दसैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरी ग्राहकका लागि विशेष अफर घोषणा गरेको छ।

बैंकले ‘चाडपर्व मनाऔं, एनआइसी एसिया रेमिटसँगै’ भन्ने नारासहित आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोबार निःशुल्क पठाउने व्यवस्था गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ। यसअन्तर्गत ग्राहकले एनआइसी एसिया रेमिटबाट तीनपटक रकम पठाउँदा एक पटक सित्तैमा पठाउन पाउनेछ।

रेमिट रकम ग्राहकले बैंकका दुई सय ४६ शाखा कार्यालय, १४ वटा एक्स्टेन्सन काउन्टर, १८ वटा शाखारहित बैंकिङ एकाइ र ६५ सयभन्दा बढी सहायक प्रतिनिधिमार्फत सरल र सुलभ रुपमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यो सुविधा आगामी मंसिरसम्मका लागि लागू हुने विज्ञप्तिमा उल्ले छ।

प्रकाशित: २ आश्विन २०७५ ०५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App