१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

सिद्धार्थ र प्रभु लाइफबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं – सिद्धार्थ बैंक र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्ससम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र इन्स्योरेन्सका प्रमुख व्यावसायिक अधिकृत प्रयास श्रेष्ठले हस्ताक्षर गरे।

सहायक महाप्रबन्धक खनालले आगामी दिनमा प्रभुलाइफ इन्स्योरेन्समा जीवन बिमा गर्ने ग्राहकलाई आवश्यक जीवन बिमासम्बन्धी सेवा सिद्धार्थ बैंकको सबै शाखाबाट उपलब्ध गराइने जानकारी दिए। बिमा नवीकरण प्रिमियम तथा जीवन बिमाको प्रिमियम बैंकबाट सजिलै बुझाउन सकिने उनले प्रस्ट पारे। बैंकले हाल मुलुकभर तीन एक्स्टेन्सन काउन्टरसहित एक सय २३ वटा शाखा, ९९ शाखारहित बैंकिङ सेवा, एक सय ३१ एटिएम र हजारभन्दा बढी पिओएस मेसिनमार्फत् बैैकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

प्रकाशित: २ आश्विन २०७५ ०५:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App