१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

कुमारी बैंकद्धारा टिच फर नेपाललाई सहयोग

काठमाडौं – सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि कुमारी बैंक लिमिटेड र टिच फर नेपालले सहकार्य भएको छ। यसका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले टिच फर नेपालका अध्यक्ष रेशु अर्याल ढुंगानालाई १२ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।

सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर बढाउने उद्देश्य राखेर काम गर्दै आएको टिच फर नेपालले सिन्धुपाल्चोक, दाङ, पर्सा, लम्जुङ, ललितपुर, धनुषा जिल्लामा सञ्चालन गरिरहेको अभिययानलाई निरन्तरता दिन बैंकले सहयोग गर्नेछ। अभियानअन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण नेपाली युवाले दुई वर्ष स्वयंसेवी शिक्षकको रूपमा अंग्रेजी, गणित र विज्ञान विषयमा विभिन्न ग्रामीण क्षेत्रका सार्वजनिक विद्यालयहरुमा प्रशिक्षण दिइरहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १ आश्विन २०७५ ०६:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App