७ वैशाख २०८१ शुक्रबार
अर्थ

युएईलाई लगानी गर्न ऊर्जामन्त्री पुनको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्स (युएई)लाई आग्रह गरेका छन्। 

युएईले २०१९ को जनवरीमा गर्न लागेको ऊर्जा सम्मेलनमा सहभागिताका लागि निम्तो दिन मंगलबार उर्जा मन्त्रालय पुगेका युएईका राजदूत सईद हमदान अल नक्वीको भेटमा मन्त्री पुनले लगानीका लागि आग्रह गरेका हुन्। 

मन्त्री पुनले सरकारले १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको भन्दै त्यसमा सहकार्यका लागि प्रस्ताव गरेका थिए। उनले लगानीको सुरक्षाका लागि सरकारले कुनै कसुर बांकी नराख्ने भन्दै ढुक्क भएर लगानी गर्न युएईका लगानीकर्तालाई सन्देश पुर्याईदिन आग्रह गरे।

युएईले नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा लगानी गर्दै आइरहेको राजदूतले भेटमा अवगत गराए। ऊर्जामा युएईको लगानी आवश्यक परे सरकारसँग औपचारिक आग्रह गर्न राजदूतले सुझाव समेत दिए। त्यसपछि युएईले लगानी प्रक्रिया अघि बढाउन सक्ने उनको भनाई छ। 

प्रकाशित: २६ भाद्र २०७५ १०:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App