१६ चैत्र २०८० शुक्रबार
अर्थ

नेप्सेमा सामान्य गिरावट

काठमाडौं– आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। परिसूचक १.४७ अंकले कमि आएर ११ सय ८२.४२ कायम भएको छ। 

जम्मा १५३ कम्पनीका ६लाख ६३ हजार ३९० कित्ता शेयर खरिद बिक्री हुँदा १६ करोड ९२ लाख ९७ हजार ६१५रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

समूहगत परिसूचकतर्फ जलविद्युत्,फाइनान्स र उत्पादनमूलक समूहका सूचक सकारात्मक छन भने बाँकी सबै ऋणात्मक रहे। सबैभन्दा धेरै जीवन बिमा समूहको ५६.६ले घटेको छ। जलविद्युत्को ९.६१ अंकले बढेको छ।

बुधबार सबैभन्दा धेरै स्वाबलम्बन लघुवित्तका १ करोड४६ लाख८६ हजार ४४१ रुपैयाँको शेयर किनबेच भएका छन्। सिभिल बैंकको १ करोड २४ लाख ३५ हजार ३५९ रुपैयाँको शेयर कारोबार भयो।

आज सबैभन्दा धेरै कमाउनेमा बोटलर्स नेपालका शेयरधनीले प्रतिकित्ता १२१ रुपैयाँ कमाएका छन् भने राष्ट्रिय बिमा कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ९० रुपैयाँ कमाए। गुमाउनेमा हिमालयन डिष्टिलरीका शेयरधनीले प्रतिकित्ता २६ रुपैयाँ गुमाएका छन्। 

 

प्रकाशित: ६ भाद्र २०७५ ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App