८ वैशाख २०८१ शनिबार
अर्थ

वाईवाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी घोषणा

काठमाडौं – देशभरिका किशोरकिशोरीहरुको शानदार सहभागितापछि, वाईवाई ग्लोकल टिन हिरो २०१८ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा गरिएको छ।

यसका लागि यो वर्ष देशभरीका किशोरकिशोरीबाट पाँच सय ३२ आवेदन परेको बताइएको छ। आवेदकहरुले समाज सेवा, पत्रकारिता, कम्प्युटर प्रोग्रामिङ, रोबोटिक्स, उद्यमी र समुदाय विकास जस्ता क्षेत्रमा गरेको कामले समाजमा परेको सकारात्मक असर देखाएर आफ्नो कौशलता देखाएका छन्।

किशोरकिशोरीलाई सम्मान गर्ने एकमात्र मञ्च दाबी गरिएको वाईवाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धीमा आविष्कारक– विकल्प ढुंगाना, लेखिका– दीपशिखा घिमिरे, सामाजिक अभियन्ता–प्रशंशा केसी, उद्यमी– सौगात तिवारी, इकोप्रेनेर– सुदर्शन सुबेदी र सामाजिक उद्यमी– स्वर्णीम श्रेष्ठ छन्।

वाईवाई ग्लोकल टिन हिरोको माध्यमबाट किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउन यो कार्यक्रम गरिएको हो। यस मञ्चमार्फत किशोरकिशोरीमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहना पहिचान गरी मुलुकका अन्य किशोरकिशोरीलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने कार्यक्रमको लक्ष्य छ।

समर्पित र रचनात्मक किशोरकिशोरी पहिचान गरी सुरुवातको लागि हौसला प्रदान गर्ने देशको पहिलो कार्यक्रमको यो चौथो वर्ष हो। नवलपरासीकी बिपना शर्मा, बाल–अधिकार कार्यकर्ता र सन्तोष लामिछाने, युवा वैज्ञानिक सोही कार्यक्रममा प्रथम भई २०१५ र २०१६ मा क्रमशः पुरस्कृत भएका थिए। त्यस्तै दाङका सचिन डाँगी २०१७ मा ग्लोकल टिन हिरो भएका थिए। काठमाडौंबाट सुरु भएको यो कार्यक्रम यस वर्ष देशभरिका चार सयभन्दा बढी स्कुल र कलेजमा तथा ५० हजारभन्दा बढी किशोरकिशोरीमाझ पुगेको विज्ञप्तिमा उल्लेख छ।

यो वर्ष वाईवाई कार्यक्रमको मुख्य प्रयोजक छ। कार्यक्रमलाई सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, र नेपाल पर्यटन बोर्डले प्रचार गरेका छन्। युरोपेली संघ र युएनडिपीसँग रणनीतिक सहकार्य छ । सोल्टी क्राउन प्लाला इनिसिएटिभ पार्टनर छ भने कोकाकोला, पञ्चकन्या, वैद्यज अर्थनाइजेसन पार्टनर रहेका छन्। टर्किस एयरलाइन्स र एति एयरलाइन्स वायुसेवा पर्टनर तथा प्रिज्मा एडभर्टाइजिङ क्रिएटिभ एन्ड पिआर पार्टनर छ। कार्यक्रमलाई तारा एयर, ल्यान्डमार्क एजुकेसन, वल्र्डलिंक, आइएमई, एवाइओएन, वाइयुडबलुए, रेस्टलेस डिभलपमेन्ट, फ्याक्टस नेपाल, स्मार्टडोको, भ्यू योर च्वाइस र एस क्लब नेपालको समर्थन रहेको छ।

अब अन्तिम ६ प्रतिस्पर्धीको एक सातासम्म क्षमता विकास तालिम हुनेछ। एसएमएस भोटिङ राउन्ड र प्रतिस्पर्धीको छुट्टाछुट्टै हुने अन्तर्वार्ताको आधारमा यो वर्षको टिन हिरो छानिने छ।

प्रकाशित: १ भाद्र २०७५ ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App