८ वैशाख २०८१ शनिबार
अर्थ

एनसेलमा मिदास इ–क्लास सेवा

काठमाडौं – एनसेल प्रालिले मिदास एजुकेसन प्रालिसँग सहकार्य गर्दै ग्राहकका लागि मिदास इ–क्लास सेवा ल्याएको छ।

यो सेवा थालनीसँगै अब एनसेलका ग्राहकले आफ्ना बालबच्चाको शैक्षिक विकासका लागि श्रव्य/दृष्यमा आधारित डिजिटल शैक्षिक सामग्रीको ठूलो संग्रहबाट लाभ लिन सक्नेछन्।

मिदास इ–क्लास मोबाइल फोन, ट्याब्लेट वा कम्प्युटर माध्यमबाट बालबालिकालाई सिक्न सघाउने प्लेटफर्म हो। यहाँ उपलब्ध हुने पाठ्यक्रम श्रव्य/दृश्यमा आधारित र अन्तक्र्रियात्मक हुने भएकाले बालबालिकाले अभिरुचिपूर्वक सिक्न सक्छन्। यस सेवामा प्ले गु्रपदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीका भिडियो ट्युटोरियल, विविध शैक्षिक सामग्री, गेम्स् तथा अभ्यास छन्।

आजदेखि एनसेलका ग्राहकले यो सेवा प्रयोग गर्न सक्नेछन्, जस अन्तर्गत ग्राहकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रले प्रमाणित गरेको शैक्षिक सामग्री जस्तै विशेष भिडियो ट्युटोरियल्स्, एनिमेटेड पाठ लगायत अन्य शैक्षिक सामग्री डाउनलोड गर्न सक्नेछन्।

दैनिक योजना सुचारु गर्न करबाहेक ११.९६ रुपैयाँ शुल्क छ । साप्ताहिक योजनाको शुल्क करबाहेक ५५.८१ रुपैयाँ लाग्छ। मासिक योजनाको लागि करबाहेक १९९.३१ तिर्नुपर्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २८ श्रावण २०७५ ०४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App