८ वैशाख २०८१ शनिबार
अर्थ

सन्राइज बैंकको शाखा स-यो

काठमाडौं – सन्राइज बैंक लिमिटेडले लमजुङको  बेसीसहर नगरपालिका–८, झ्याङ खोलास्थित शाखा साबिकको स्थानबाट करिब एक सय ५० मिटर पर तल्लोबजारस्थित सुन्दरबजारमा सारेको छ।

लमजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रामबाबु श्रेष्ठ, सुन्दरबजार सामुदायिक अस्पतालका अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ र बैंकका सहायक महाप्रबन्धक सवेन्द्र मिश्रले संयुक्त रुपमा सुन्दरबजार शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ।

साथै बेसीसहर शाखाको उद्घाटन बेसीसहर नपगरपालिकाका मेयर गोमानसिंह आर्यालले गरेका जारी विज्ञप्तिमा छ। सन्राइजले ९१ शाखा, एक सय ६ एटिएम, २३ शाखारहित बैंकिङ सेवा र चार एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ।

प्रकाशित: २८ श्रावण २०७५ ०३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App