८ वैशाख २०८१ शनिबार
अर्थ

मुक्तिनाथ बैंक नाफामा

काठमाडौं – मुक्तिनाथ विकास बैंकले आव ०७४–०७५ मा एक अर्ब दुई करोड सञ्चालन मुनाफा आर्जन गरेको जनाएको छ। बैंकले गत असारसम्ममा ३० अर्ब ३५ करोड निक्षेप संकलन र २५ अर्ब २६ करोड कर्जा लगानी गरको जनाएको छ। 

बैंकले निक्षेप अघिल्लो आर्थिक वर्षको तुलनामा ८१ प्रतिशत र कर्जा प्रवाहमा ६५ प्रतिशत बढाएको विज्ञप्तिमार्फत जानकारी गराएको छ । सञ्चालन मुनाफा ३३ प्रतिशत बढेको छ। 

बैंकको निष्क्रिय कर्जा अनुपात गत वर्षभन्दा अझै कम गर्दै ०.००४४ प्रतिशत कायम गरेको छ । बैंकको प्रतिसेयर आम्दानी  २२.२२ रुपैयाँ छ।  

गत वर्षहरुको उपलब्धिलाई निरन्तरता दिँदै आगामी वर्षमा थप सेवा सुविधा बढाउँदै लैजाने बैंकको लक्ष्य छ । मुक्तिनाथले ९५ शाखा कार्यालयबाट सेवा दिइरहेको छ। 

प्रकाशित: २० श्रावण २०७५ ०५:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App