coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

डिजिटल नेपाल सम्मेलनमा सम्पन्न

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि आर्थिक समृद्धिको आधार रहेको र यसको प्रयोग गर्न चेतना तथा क्षमता बढाउनु आवश्यक रहेको बताएका छन्।  

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्तर्राष्ट्रिय परामर्शदात्री संस्था ‘फ्रोस्ट एन्ड सुलिभान’को सहकार्यमा आयोजना गरेको डिजिटल नेपाल विषयको एकदिने सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कृषि, स्वास्थ्य, शिक्षा, सहरी पूर्वाधार, पर्यटन, वित्तीय समावेशीकरण जस्ता क्षेत्रलाई सूचना प्रविधिको प्रयोग गरी विकास गर्न सकिने बताए। 

प्रधानमन्त्री ओलीले सूचना प्रविधिका विषयमा केन्द्रित रहेर डिजिटल नेपाल फ्रेमवर्क तयार पार्ने उद्देश्यले सम्मेलन आयोजना गर्नु सुखद पक्ष रहेको बताए। 

उक्त कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधिले आर्थिक वृद्धि, रोजगारी सिर्जना, सुशासन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले नेपाललाई डिजिटल रुपान्तरण आवश्यक रहेको बताए । यसले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न महत्वपूर्ण योगदान पुर्याउने बताए। 

सो अवसरमा फ्रोस्ट एन्ड सुलिभानको ग्लोबल अध्यक्ष आरुप जोत्सीले डिजिटल रुपान्तरणको अन्तर्राष्ट्रिय अभ्यास र अनुभवबारे चर्चा गरेका थिए । उनले डिजिटल रुपान्तरणकोे माध्यमबाट नेपालको डिजिटल लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताएका थिए। 

कार्यक्रममा मन्त्रालयले फ्रोस्ट एन्ड सुलिभानसँगको सहकार्यमा तयार पारेको डिजिटल नेपाल फ्रेमवर्क प्रधानमन्त्री ओलीसमक्ष पेस गरिएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले कार्यक्रमको उद्देश्यबारे बताएका थिए।

सम्मेलनमा नेपाल लगायत मलेसिया, भारत, सिंगापुर, अमेरिका, रसिया लगायत देशबाट विज्ञहरूको सहभागिता थियो । सम्मेलनमा डिजिटल नेपालको फ्रेमवर्क विषयमा सहभागी देशका अनुभव र अभ्यासमाथि कार्यपत्र प्रस्तुत र विस्तृत छलफल भएको छ। 

 

प्रकाशित: २० श्रावण २०७५ ०५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App