३१ असार २०७७ बुधबार
अर्थ

राहदानीबाट ११ लाख राजस्व संकलन

उदयपुर – एक वर्ष अघिदेखि वैदेशिक रोजगारीको लागि विदेश जान चाहनेका लागि राहदानी दिने अनुमति पाएको उदयपुरको इलाका प्रशासन कार्यालय कटारीले एक वर्षभित्र राहदानी शुल्कबाट ११ लाख ५० हजार राजश्व संकलन गरेको छ। 

२०७३–०७४ देखि २०७४–०७५ सालको असार महिनासम्ममा कटारी क्षेत्रबाट झण्डै १ हजार २४० पुरुष र ४३० महिलाले वैदेशिक रोजगारीका लागि राहदानी लिने कार्यमा राजश्व बुझाएबापत ११ लाख ५० हजार राजश्व संकलन भएको इप्रका कटारीका प्रमूख सुनिल पौडेलले बताए। 

यसअघिसम्म वैदेशिक रोजगारीको लागि राहादानीको सम्पूर्ण कार्य जिल्ला सदरमुकाम गाईघाटबाटमात्र हुँदै आएको थियो।   (रासस)

प्रकाशित: १९ श्रावण २०७५ १५:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App