coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

साढे २ अंकले घट्यो नेप्से

बिहीबार नेपाल स्टक एक्सचेन्ज परिसूचकमा २ दशमलव ५६ अंकले कमी आएर ११ सय ९१.३१ कायम भएको छ। साताको कारोबारको अन्तिम दिन आज कूल कारोबार रकममा पनि कमि आएको छ।

समूहगततर्फ बैंकिङ र उत्पादनमूलकको समान्य बढनु बाहेक सबै समूहका परिसूचक ओरालो लागेका छन्। सबैभन्दा धेरै निजीर्वन बिमा समूहको सबैभन्दा धेरै ५७.३७ अंकले घटेको छ भने जीवन बिमा समूहको २६.०६ अंकले घटेका छन्।

१६२ कम्पनीका ६ लाख ७१ हजार कित्ता शेयरहरु २० करोड ७९लाख २१ हजार ४७१ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ। सबैभन्दा धेरै सानिमामाई जलविद्युत् कम्पनीको ३ करोड २८ लाख ३९ हजार रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।  

 

प्रकाशित: १७ श्रावण २०७५ ११:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App