८ वैशाख २०८१ शनिबार
अर्थ

सानेपामा लक्ष्मी बैंक

काठमाडौं– लक्ष्मी बैंकले ललितपुरको सानेपामा १७ औं शाखा सञ्चालनमा ल्याएकोे छ । बैंकले उपत्यकाभित्र आफ्नो शाखा विस्तार गर्ने क्रममा उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायी र विशेष गरी कृषि व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।
यस शाखासँगै लक्ष्मी बैंकको सञ्जाल ९५ शाखा पुगेको छ । तीन हस्पिटल सेवा काउन्टर, एक सय पाँच एटिएम, २५ सयभन्दा बढी रेमिटेन्स एजेन्ट तथा ५१ शाखारहित बैंकिङ एजेन्टबाट सेवा दिइरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: १५ श्रावण २०७५ ०१:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App