१५ चैत्र २०८० बिहीबार
अर्थ

राजश्व असुली ५६ प्रतिशतले वृद्धि

भद्रपुर – मेची भन्सार कार्यालय काँकडभिट्टाले आर्थिक वर्ष २०७४–७५ मा अघिल्लो आर्थिक वर्ष भन्दा ३ अर्ब ६६ करोड ९२ हजार बढी राजश्व संकलन गरेको छ।

कार्यालयका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालका अनुसार आव २०७४–७५ मा १० अर्ब १८ करोड २७ लाख २ हजार राजश्व असुली भएको छ। आव २०७३–७४ मा ६ अर्ब ५२ करोड २६ लाख १० हजार राजश्व असुली भएको थियो। अघिल्लो आवको तुलनामा आव २०७४–७५ मा मेची भन्सार कार्यालयले ५६ प्रतिशत बढी राजश्व संकलन गरेको छ।

वर्तमान सरकारले मूल्याङ्कनमा गरेको सुधार, भन्सार प्रशासन आफैंले गरेको सुधारात्मक कार्य तथा पेट्रोलियम पदार्थको आयातमा भएको वृद्धिका कारण राजश्व असुलीमा वृद्धि भएको अर्यालले बताए।

आव २०७४–७५ मा वार्षिक लक्ष्यको तुलनामा ११०.८१ प्रतिशत राजश्व असुली गरेको छ। यस भन्सारबाट दैनिक औसत ३ करोड राजश्व असुली हुँदै आएको छ।   (रासस)

प्रकाशित: ८ श्रावण २०७५ १०:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App