coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सरकारले ल्यायो ‘भूमि सुशासन’ एप

काठमाडौं – कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भूमि सम्बन्धी सम्पूर्ण जानकारी दिने ‘भूमि सुशासन’ नामक एप्स प्रयोगमा ल्याएको छ।

एप्समा मन्त्रालयका भूमि सम्बन्धी सेवाहरूको सम्पूर्ण जानकारी उपलब्ध हुने बताइएको छ। भूमि सम्बन्धी कानुन, भूमि नापचाँज सम्बन्धी जानकारी समेटिएको यो एप नक्सा नामक कम्पनीले विकसित गरेको हो।

एप्समा मालपोत, नापीलगायतका कार्यालयमा दिइने निवेदनका ढाँचा डाउनलोड गर्ने व्यवस्था मिलाइएकोे छ। सामान्य नागरिकले भोग्ने जग्गा सम्बन्धी समस्यालाई एप्सले समाधान गर्ने प्रयास गरेको मन्त्रालयका सहसचिव जनकराज जोशीले बताए । भूमि सम्बन्धी कार्यालयबाट प्रदान गरिने विभिन्न सेवा, आफूलाई चाहिने कार्यालय पत्ता लगाउने तरिका र नापी क्यालकुलेटर लगायतका विशेषता यसमा छन्।

‘नागरिकले यस एपबाट आफ्नो प्रदेश, जिल्ला र वडा नम्बर राखेपछि आफूले सेवा लिने कार्यालयको बिवरण उपलब्ध हुनेछ । यस एपमा रहेको नापी क्याल्कुलेटरले जग्गाको लम्बाई, चौडाइ प्रविष्ट गराएर क्षेत्रफल विभिन्न एकाईमा परिवर्तन गर्न मिल्ने बनाइएको छ। त्यस्तै गरी नेपालको प्रादेशिक र सबै ७ सय ५३ स्थानीय तहको नक्सा पनि उक्त एपमार्पmत हेर्न सकिन्छ।
 

प्रकाशित: ७ श्रावण २०७५ ११:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App