८ वैशाख २०८१ शनिबार
अर्थ

अनलाइन कारोबार गर्न युजर नेम र पासवर्ड वितरण

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा आवद्ध हुन सेयर बजारका लगानीकर्तालाई आव्हान गरेको छ।

नेप्सेले ब्रोकर कार्यालयबाट यूजर नेम र पासवर्ड लिन आग्रह गरेको छ । साथै नेप्सेले लगानीकर्तालाई ब्रोकर कार्यालयमा गएर व्यक्तिगत विवरण अध्यावधिक गर्न पनि भनेको छ । नेप्सेले साउन एक गतेबाट अनलाइन कारोबार प्रणालीको परीक्षण सुरुवात गरेको थियो ।आइतबारसम्म ५० वटै दलाल व्यवसायीहरु प्रणाली (ट्रेड म्यानेजमेन्ट सिस्टम) सँग आवद्धता भएको हुँदा सम्पुर्ण लगानीकर्तालाई युजर नेम र पासवर्ड उपलब्ध गराउन सबै ब्रोकर कम्पनीलाई आव्हान गरेको छ।

लगानीकर्ताले यस्तो युजर नेम र पासवर्ड लिएसँगै आफ्नो कारोबार तथा म्याचिङ हेर्न सक्ने छन् । तर आफैंले सेयर खरिद बिक्री गर्न भने युएटी टेस्टपछि मात्रै पाउने नेप्सेले जनाएको छ । परीक्षणको क्रममा सरोकारवालाबाट प्राप्त राय सुझावलाई यो प्रणालीमा यथाशिघ्र समावेश गरिने पनि नेप्सेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सेयर बजार १२ बिन्दुले घट्यो
काठमाडौं– पुँजी बजार मापक नेप्से सूचक आइतबार ११.७३ बिन्दुले घटेर ११८१.६६ बिन्दुमा आइपुगेको छ । कुल एक सय ६३ कम्पनीको २१ करोड १२ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ६ लाख ६१ हजार दुई सय ४६ कित्ता सेयर खरिद बिक्री भएका छन् । नेप्सेमा १० वटा समूहको कारोबार भएकामा फाइनान्स बाहेक बाँकी सबै समूहका सूचक तल झरेका छन्।

सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक ११०.६ बिन्दुले गिरावट आएको छ । यसैगरी, जीवन बिमा समूहको सूचक पनि ७०.२८ बिन्दुले ओर्लिएको छ । वाणिज्य बैंक समूहमा ७.६६ बिन्दुको झरेको छ ।कारोबार रकममा एनसीसी बैंकको एक करोड चार लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नयाँ नेपाल लघुवित्त विकास बैंक र सिटिजन्स बैंक परेका छन् ।

प्रकाशित: ७ श्रावण २०७५ ०१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App