coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नयाँ अावकाे पहिलो दिन ८ अंकले घट्यो नेप्से

काठमाडौं–साताको पहिलो दुई दिन सकारात्मक देखिएको शेयर बजार मंगलवार भने ऋणात्मक बन्न पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८ दशमलव ०५ अंकले घटेर १२ सय ४ दशमलव ३१ कायम भएको छ।

नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट देखिएको छ। सोमबार ३१ करोड ८५ लाख रुपैयाँको कारोबार भएकोमा आज २० करोड ६० लाख ८८ हजार रुपैयाँको कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। क वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५८ अंकले घटेको छ।

कारोवार भएका ११ समूहमध्ये  व्यापार फाइनान्स र अन्य समूहको सूचक सकारात्मक रहेपनि बैंकिङ बिमालगायत ८ समूहको सूचक नकारात्मक रहे। व्यापार समूहको सूचक २ दशमलव ७९ अंकले बढ्यो भने अन्य समूह ४ दशमलव ९५ अंकले बढ्यो। घट्नेमा सबैभन्दा धेरै ननलाईफ इन्स्योरेन्सको ८७ दशमलव ६७ र लाईफ इन्स्योरेन्सको ७४ दशमलव ११ अंकको गिरावट देखियो। नयाँ आर्थिक वर्षसंगै थप पूँजिगत लाभकर तिर्नुपर्ने भएपछि शेयरको देस्रो बजार नकारात्मक बन्न पुगेको हो। नेप्सेले आजैदेखि परीक्षणका रूपमा अनलाइन कारोवार प्रणाली कार्यान्वयन गर्न थालेको छ। आज २६ सय ६० कारोवारवाट ५ लाख १४ हजार १ सय ६१ कित्ता शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ।

प्रकाशित: १ श्रावण २०७५ १०:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App