४ वैशाख २०८१ मंगलबार
अर्थ

मेगा बैंकको अध्यक्षमा पुनः शाह

 काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडको सातौं वार्षिक साधारणसभाले सञ्चालक समितिको अध्यक्षमा पुनः भोजबहादुर शाहलाई चयन गरेको छ।

बैंकको शुक्रबार भएको सभाले आगामी चार वर्षका लागि ६ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो ।
साधारणसभाबाट संस्थापक सेयरधनीका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र भोजबहादुर शाह सञ्चालक चुनिएको बैंकले जनाएको छ ।

यसैगरी, सर्वसाधारण सेयरधनीका तर्फबाट मुक्तिराम पाण्डे, बालकृष्ण शिवाकोटी र इन्द्रबहादुर मल्ल ठकुरी निर्वाचित भएका छन् ।‘हलोदेखि हाइड्रोसम्म’ मुख्य नारा लिएको मेगा बैंकले स्थापनाको आठौं वर्षमा ९९ वटा शाखा विस्तार गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: ३२ असार २०७५ ०१:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App