७ वैशाख २०८१ शुक्रबार
अर्थ

नबिलले ६ सय कर्मचारीलाई तालिम दिने

काठमाडौं– नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको जानबी कोर्समा ६ सय कर्मचारीलाई तालिम दिने भएको छ । बैंकले कर्मचारीको कार्यदक्षता विकासका लागि एनबिआईद्वारा सञ्चालित उक्त कोर्समा कर्मचारीलाई तालिम दिन लागेको हो ।

नबिल बैंक मौद्रिक नीति ०७५÷७६ मा उल्लिखित बैंक कर्मचारी तालिमसम्बन्धी प्रावधान कार्यान्वयन गर्ने पहिलो बैंक भएको पनि जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले बुधबार जारी भएको मौद्रिक नीतिको बुँदा नम्बर ९७ अन्तर्गत सहायक स्तरदेखि अधिकृत स्तरसम्मका कर्मचारीलाई तालिम दिन लागेको हो ।

नबिल बैंक र नेशनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) बीच बिहीबार सो तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र एनबिआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्तारक्षर गरेको विज्ञप्तिमा छ ।

प्रकाशित: २९ असार २०७५ ०१:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App