काठमाडौं– ग्लोबल आइएमई बैंकले एक सयौं शाखारहित बैंकिङ सञ्चालनमा ल्याएको छ । सुनसरीको बराह नगरपालिका–५ कालाबन्जरमा शाखारहित सेवा सुरु गरेको हो ।
स्थानीय एक सय पाँच वर्षिया अनुरुपा विष्ट र शाखारहित बैंकिङ सेवा प्रमुख रविन्द्र ढकालले उक्त सेवा उद्घाटन गरेका थिए । शाखारहित बैंकिङ सेवाबाट ग्रामीण भेगका स्थानीयले स्थानीय प्रतिनिधिमार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।
प्रकाशित: २६ असार २०७५ ०२:०२ मंगलबार