८ वैशाख २०८१ शनिबार
अर्थ

नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी चार अर्ब ३९ करोड रुपैयाँ

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजी चार अर्ब ३९ करोड रुपैयाँ पुर्याएको छ । बिमा समितिले तोकेको चुक्ता पुँजीभन्दा यो दोब्बरभन्दा बढी रहेको कम्पनीले जनाएको छ।

समितिले जीवन बिमा कम्पनीलाई दुई अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । समितिको निर्देशनपछि अधिकांश बिमा कम्पनीले हकप्रदको सहारा लिए पनि चुक्ता पुँजी पुर्याउन सकेका छैनन् ।नेपाल लाइफले देशभर एक सय २५ भन्दा बढी शाखा र उपशाखा खोली सेवा दिइरहेको छ । कम्पनीले सन् २०१३, २०१४, २०१६ र २०१७ मा गरी चारपटक ‘बेस्ट म्यानेजमेन्ट अवार्ड’ पाएको छ।

विश्वव्यापी परामर्शदाता कम्पनी फ्रस्ट एन्ड सुलिभानद्वारा प्रदान गरिने ‘बेस्ट प्राक्टिस अवार्ड २०१६’ अन्तर्गतको फाइनान्सियल इन्स्टिच्युसन अफ द इयर–इन्स्योरेन्स कम्पनी’ पनि यही कम्पनीले पाएको थियो । कम्पनीले आफ्ना सेयरधनीलाई ६५ देखि ८२ रुपैयाँसम्म (प्रतिहजारमा) बोनस दिएको जनाएको छ । यो सबैभन्दा बढी बोनस दिने बिमा कम्पनीमा पर्छ । नेपालको बिमा बजारको एक तिहाइ हिस्सा ओगटेको यो कम्पनीको अधिकृत पुँजी आठ अर्ब, चुक्ता पुँजी चार अर्ब ३९ करोड रुपैयाँ छ।

पुँजी तथा बजारको हिसाबले नेपालमै पहिलो र ठूलो बिमा कम्पनीको रूपमा रहेको नेसनल लाइफले ५७ अर्ब रुपैयाँ लगानी गरेको छ । यसको जीवन बिमा कोष ५० अर्ब रुपैयाँको छ । हालसम्म स्वदेश र विदेश गरी झन्डै २४ लाख व्यक्तिले यस कम्पनीका बिमा गराएका छन् ।
 

प्रकाशित: २५ असार २०७५ ०१:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App