१५ चैत्र २०८० बिहीबार
अर्थ

फुङलिङ नगरपालिकाको बजेट साढे ५७ करोड

तेस्रो नगरसभामा प्रस्तुत बजेट तथा नीति र कार्यक्रम पढ्दै फुङलिङ नगरसभाका सदस्यहरू।    तस्बिर : खगेन्द्र/नागरिक

ताप्लेजुङ – ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आइतबार झण्डै साढे ५७ करोड हाराहारीको बजेट ल्याएको छ। तेस्रो नगरसभाले ५७ करोड ५७ लाख ६ हजार ४ सय रुपैयाँको बजेट सहितको नीति तथा कार्यक्रम पनि पारित गरेको हो।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रवणकुमार पोखरेलका अनुसार नगरसभाले ४९ करोड ८६ लाख ६ हजार ४ सय रुपैयाँ नगर कार्यपालिका आफैंले परिचालन गर्ने बजेट ल्याएको छ।

नगर उपप्रमुख बमबहादुर भट्टराई(तारा)ले आइतबार प्रस्तुत गरेको बजेटमध्ये ७ करोड ७१ लाख रकम गैर सरकारी संस्थाले परिचालन गर्नेछन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा उपप्रमुखले बजेट प्रस्तुत गर्ने र स्थानीय तहका प्रमुखले सभाको अध्यक्षता गर्ने व्यवस्था छ।

सभाले न्यायीक समितिको कार्यविधि,बिपद् व्यवस्थापन कार्यविधि,स्थानीय सहकारी सञ्चालन कार्यविधि र अनुगमन कार्यविधि २०७५ पारित गरेको छ। 

प्रकाशित: २४ असार २०७५ ११:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App