coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंक र स्टार हस्पिटलबीच सहकार्य

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र स्टार हस्पिटल लिमिटेडबीच बैंकका ग्राहकलाई सहुलियतमा अस्पतालको सेवा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत पारसकुमार काफ्ले र अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक शैल रुपाखेतीले हस्ताक्षर गरेका छन् ।यो सम्झौतापछि सिटिजन्स बैंकका डेबिट÷क्रेडिट कार्डबाहकले स्टार हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउनेछन्।

सिटिजन्स बैंक इन्टरनेसनलको ७४ वटा शाखा, ७० वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ एकाइबाट ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको बैंकको विज्ञप्तिमा उल्लेख  छ ।

 

प्रकाशित: २१ असार २०७५ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App